Rule 8
प्रदेश खेल सङ्घ गठन गर्न सकिने
भौगोलिक कारणबाट ऐनको दफा २३ बमोजिम प्रदेश खेल सङ्घ गठन गर्न सम्भव नभएमा देहाय बमोजिम हुने गरी प्रदेश खेल सङ्घ गठन गर्न सकिनेछ :-
(क) प्रदेशभित्रका कम्तीमा पचास प्रतिशतभन्दा बढी जिल्लाका बीस प्रतिशतभन्दा बढी स्थानीय तहमा क्लब वा खेल सङ्घ गठन भएको हुनु पर्ने,
(ख) विशेष खेल सङ्घको हकमा सम्बन्धित प्रदेशमा दर्ता भई कम्तीमा पाँच जिल्लामा स्थानीय खेल सङ्घ गठन भएको हुनु पर्ने,
(ग) भौगोलिक तथा प्राविधिक कारणले खण्ड (क) र (ख) बमोजिम गठन हुन नसक्ने विशेष प्रकृतिका खेल सङ्घका हकमा सिधै प्रदेश खेल सङ्घ गठन भएको हुनु पर्ने। स्पष्टीकरण: यस नियमको प्रयोजनको लागि "विशेष खेल सङ्घ" भन्नाले साहसिक खेल वा परम्परागत रुपमा वा निश्चित भौगोलिक क्षेत्रमा खेलिने खेल वा शारीरिक रुपमा फरक क्षमता भएका व्यक्तिहरुद्वारा खेलिने पारा खेलकुद वा मानसिक रुपमा फरक क्षमता भएका वर्यक्तेहरुद्धारा खेलिने विशेष खेलकुदका खेल सङ्घ सम्झनु पर्छ।